जीप दुर्घटनामा सहचालकको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार
बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ ।
थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिनुभयो ।
दुर्घटनापछि जीप चालक कमल साउँद सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । जीप विवाहको सामान पु¥याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । जीप सडकबाट करीब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Categorized in अपराध-दुर्घटना


