STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जी७ बैठकः अमेरिका–बेलायत व्यापार सम्झौता चाँडै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ८, आइतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतसँग व्यापार सम्झौता जतिसक्दो चाँडो गरिने बताउनुभएको छ । फ्रान्सको बियारिजमा जी७ को बैठककै क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो, “दुबै मुलुकबीच ठूलै व्यापार सम्झौता हुँदैछ, र यो विगतको भन्दा पक्कै ठूलो हुनेछ ।” प्रधानमन्त्री जोन्सनले राष्ट्रिय स्वास्थ्य सेवाको विषयले वार्तामा प्रवेश नपाएको बताउनुभयो । दुबै मुलुकबीचको व्यापार सम्झौता कहिले हुने सम्भावना छ भनी सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “जतिसक्दो चाँडो हुन्छ । हामीले कुनै समस्या देखेका छैनौं ।” जोन्सनले युरोपेली संघको स्वतन्त्र व्यापार क्षेत्रबाट अलग्गिने प्रक्रियालाई तिब्रता दिनुका साथै संयुक्तराज्य अमेरिकासँग व्यापार सम्झौता गर्न अग्रसर हुनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय