STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टिकटक बनाउन कुपिन्डे दहमा पसेका युवा बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १०, मंगलबार

काठमाडौं -  सल्यानको कुपिन्डे दहमा टिकटक बनाउन भनी गएका युवा डुबेर बेत्तपा भएका छन्। जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ बाबियाचौरस्थित कुपिन्डे दहमा मंगलबार दिउँसो टिकटक बनाउन गएका ३७ वर्षीय वेदबहादुर बस्नेत डुबेर बेपत्ता भएका हुन् ।

टिकटक बनाउन दहमा पसेका उनको अहिले प्रहरीले खोजी कार्य गरिरहेको छ। वैदेशिक रोजगारीबाट फर्किएका बस्नेत साथी मूलबहादुर तामाङलाई कुपिन्डे दह घुमाउन गएका थिए ।

साथीसँगै कुपिन्डे दह घुम्न गएका बस्नेत आफू दहमा पसेर तामाङलाई टिकटकका लागि भिडियो खिच्न अह्राएका थिए । तर, टिकटकका लागि भिडियो खिच्ने क्रममा बस्नेत दहको गहिरो भागमा छिरेका थिए । र, उनी बेपत्ता भएका थिए ।

Categorized in अपराध-दुर्घटना