STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टोकियोमा नेवाः फुड फेस्टिभल २०१८ हुने

Janjati Khabar – जनजाति खबर | २०७४ माघ ११, बिहिबार

यहि आउँदो जनवरी २८ तारेखका दिन वर्ल्ड नेवाः अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामी काइकान हलमा नेवाः नसा नखः २०१८ नेवाः फुड फेस्टिभल २०१८ भब्य रुपमा सम्पन्न हुने भएको छ ।

जापानीहरु बीचमा नेवार समुदायको खाना संस्कृतिको प्रबर्द्वन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुदँको उपलक्ष्यमा नेवाः फुड फेस्टिभल २०१८ सम्पन्न हुन लागेको हो । जापानीहरुको उल्लेख्य सहभागि हुने भएको हुनाले यसपालिको नेवाः नसाः नखः रोचक एवंम जापानीहरुको बीचमा नेपाली खाना र संस्कृतिको राम्रो छाप बस्ने कुराको जानकारी आयोजक कमिटिका प्रतिनिधि मासाहिरो यामाकावा ‘ब्याँचा दाई’ले बताउनु भएको छ ।

कुमारी, लाखे नाच, धिमे बाजा, भुस्याः बाजा तथा विभिन्न नेवार संस्कृति झल्कने भेषभुषाको प्रदर्शन तथा सांस्कृतिक टिमले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हुनाले उक्त दिन नेवार खानाको साथै नेपालको जात्राको प्रत्यक्ष अनुभव गर्न सकिने कुरा सांस्कृतिक कार्यक्रमका संयोजक सकुल प्रजापतिले प्रस्ट्याउनु भएको छ ।

कुमारी, धिमे बाजा र लाखे नाचको प्रस्तुति ऐतिहासिक हुने कुरा धिमे बाजाका गुरु रुकेश गोसाईंले बताउनु भयो । उक्त कार्यक्रममा जापानी कलाकारहरु युको ओकामोतोले चर्या नाच र आकिको कुमेको बेजोड कला प्रस्तुत हुने भएको छ ।

नेवार खाना टिमले पाहुनाहरुलाई सर्वप्रथम समेबजिले स्वागत गरिनेछ । समेबजिमा बजि, अण्डा, माछा, मना छोयला, छोयला , वाउँचा वाला, भुति वाला र केगु हुनेछ ।

त्यस्तै नेवाः नसा नखःमा छ्याला, बुल्ला, दायेकुला, सिम्पू क्वाः, तःखाः, सँन्या खुना, वः, न्हेपू, छ्वक्वाः, हँय्या ला, मिई क्वाः , हाकु छोयला, जेरी, निम्की, मार्पा , लाखामरी, सेल, अनर्था, ह्यांगु व तुयुगु पुरी ईत्यादी नेवार खानाहरु प्रस्तुत गर्ने लागेको कुराको जानकारी नेवार खानाका संयोजक नरेन्द्र कुमार शाक्यले बताउनु भएको छ ।

पाहुनाहरुलाई अलमलमा नपरोस भन्नका लागि खानाहरु कुन खाना के बाट बनेको र कता राखेको छ भन्ने कुराको जानकारी दिन पम्फ्लेट र प्रोजेक्टरमा बिबरण प्रस्तुत गर्न लागेको कुरा संस्थाका डिजिटल प्रतिनिघि सन्दिप नरसिं शाक्यले बताउनु भएको छ । इन्द्रजात्रामा प्रस्तुत गर्ने हाथु द्यः तथा समेब्वले जापानीहरुलाई थप आकर्षक गर्ने कुराको जानकारी संस्थाका प्रतिनिधि जनक राज शाक्यले बताउनु भयो ।

जापानीहरुलाई नेपालको बारेमा जानकारी दिन नेपाल भ्रमण इन्फोर्मेशन स्टलको व्यवस्था गरिएको र नेपाल भ्रमण सम्बन्धिको जानकारी नेपालको पथ पर्यटकका बिज्ञ कृष्ण बदन जोशीले दिने भएको छ ।

जापानीहरु बीच भब्य प्रचार प्रसार भएको हुनाले उल्लेख्य जापानीहरु सहभागि हुन लागेको कुरा संस्थाका प्रतिनिधि इन्दिरा सुजुकीले जानकारी दिनु भएको छ । जापानबासी नेपाली संघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता हुनेमा आफु धुक्क भएको कुरा अर्को प्रतिनिधि ईस्वर जोशीले बताउनु भएको छ ।

 

उक्त कार्यक्रम भरि wnojapan chapter को फेसबुकबाट लाईभ, भिडिओ र पाहुनाहरुसंग अन्तर्वार्ता इत्यादि GMT international ले गर्ने भएको छ ।

जापानस्थित नेपाली राजदुत महामहिम प्रतिभा राणाको प्रमुख अतिथि तथा नेवाः जागरण मंच जापान, नेवाः गुथि जापान , नेवाः अन्तर्राष्ट्रिय फोरम जापान, जापानस्थित नेपाली राजदुतावास तथा एन आर एन जापानको सहकार्यमा नेवाः नसा नखः २०१८ सम्पन्न हुन लागेको हो ।

उक्त फेस्टिवलमा सहभागि हुन अग्रिम टिकट बुकिंग गर्नु पर्ने भएको हुनाले आ–आफ्नो सीट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गरिएको छ ।

wnojapan@gmail.com

https://www.facebook.com/wnojapan/

Categorized in राष्ट्रिय