STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टोखा नगरपालिकाद्वारा १० लाख सहयोग

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार

टोखानगरपालिकाले गरीब, दुःखी र असहाय विद्यार्थीलाई निःशुल्क पढाउनका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका गरीब, दुःखी र असहाय विद्यार्थीको निःशुल्क पठनपाठनका लागि नेपाल स्कुलास्टिक एकेडेमी र निकेतन मेमोरियल स्कुललाई रु पाँच÷पाँच लाख आर्थिक सहयोग गरेको हो । टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा नगरपालिकाभित्र रहेका कोही पनि बालबालिका पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दुई विद्यालयलाई रु पाँच÷पाँच लाख रकम सहयोग गरेको जानकारी दिनुभयो । नगरपालिकाले सबै वडाका गरीब तथा असहाय विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।
Categorized in राष्ट्रिय