STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २४, सोमबार

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका विद्यालयहरूमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, 'सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि बागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरूमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नु/नगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा  भएको व्यहोरा निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ।'

Categorized in राष्ट्रिय