तीन स्रष्टाहरु द्वारा कथा वाचन
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ४, शनिबार
सःछगु फरक अभिव्यक्तिको रुपमा संचालनमा आईरहेको मासिक साहित्यिक कार्यक्रम अन्तर्गत शनिबार ललितपुरको दबुु नेवास्नसाछें ईखालखु,तलाछेंमा
नेपाल भाषामा यस पटक ३ जना स्रष्टाहरूका ५,५ वटा लघुकथा वाचन चिबाखँ वाचन गर्दै आइरहेको कार्यक्रमलाई निरन्तरता दिँदै आज १० औं श्रृङ्खला सम्पन्न गरेको छ । यसपटकको श्रृङ्खला अन्तर्गत लघुकथा वाचन कार्यक्रममा ३ जना स्रष्टाहरू क्रमशः केदार सितु, रासा र स्नेह सायमिले आ(आफ्ना लघुकथाहरू वाचन गर्नुभयो । अतिथिको रूपमा ३ जना मात्र स्रष्टाहरूलाई आसन ग्रहण गराइसकेपछि सस् छगू अभिव्यक्ति का एकजना अभियन्ता नरेश अमात्यले माला लगाई स्वागत गर्नुभयो । त्यसपछि सोही अभिव्यक्तिका अर्का अभियन्ता सुनिल बज्राचार्यले कार्यक्रम सञ्चालन गर्नुहुँदै ३ जना स्रष्टाहरूलाई क्रमशस् पालैपालो लघुकथा वाचनको लागि अनुरोध गर्नुभयो । ३ चरणमा बाँडिएको उक्त कार्यक्रममा पहिलो र दोस्रो चरणमा २,२ वटा लघुकथाहरू वाचन र अन्तिम चरणमा १,१ वटा गरी ३ जना स्रष्टाहरूको कूल १५ वटा समसामयिक कथा, लघुकथाहरू वाचन गरिएको थियो । उक्त वाचित लघुकथाहरूमा लघुकथाकार केदार सितु का ५ वटा कथा,लघुकथाहरू क्मशः थःथगु लजगाू, ख्वापास् अतस् जुजुमानू र मुक्तक बाखूँ रहेका थिए भने अर्का लघुकथाकार रासाका ५ वटा लघुकथाहरू क्रमशः माूँ, निभास्लि च्वस् गजिगुलुू र बाखूँ रहेका थिए । त्यस्तै लघुकथाकार स्नेह सायमीका ५ वटा लघुकथाहरू क्रमशस काय् (१, काय् (२ भातस् , छें र भौ रहेका थिए। समाजमा फैलिरहेको व्यापक बेथिति,बिकृति बिसंगति उपर व्यङ्गय गर्दै रचिएका लघुकथाहरू तथा फरक स्वादका लघुकथाहरू बारे साहित्यकार डा।पुष्षराज राजकर्णिकारले संक्षिप्त टिप्पणी गर्नुभयो । जम्मा १ घण्टामै सकिएको उक्त कार्यक्रमको अन्तमा सस्छगू फरक अभिव्यक्तिू का प्रमुख अभियन्ता कवि सुधिर ख्वविले ३ जना स्रष्टाहरूलाई मायाको चिनो प्रदान गर्नुभयो भने संस्थाको परम्परा अनुसार श्रोताहरू मध्येबाट गोलाप्रथाबाट छानिएका श्रोता साहित्यकार दिव्या ताम्राकारलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
Categorized in राष्ट्रिय