STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थप ७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १०९ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २७, शनिबार

काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार उदयपुर झुल्केका ३ जना, कपिलवस्तुका ३ जना र पसौ छपकैयाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो । उदयपुर झुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७ र १८ वर्षका युवक र पसौ छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको हालसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या १०९ पुगेको छ भने उपचारपछि २७ जना घर फर्किसकेका छन् । निको भएका ३ जनामा पुनः कोरोना संक्रमण देखिएकाले अस्पताल भर्ना भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालमा गरिएका परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
Categorized in राष्ट्रिय