थारू नाच र वेशभूषामा आकर्षित हुँदै युवायुवती
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १३, सोमबार
कक्षा ९ मा पढ्दै गरेका १५ वर्षीय अजित चौधरी पनि टाउकामा मङ्ग्या, फ¥र्या, बु¥र्यालगायत थारू जातिको वेशभूषामा सजिएर नाच्न मन पराउनुहुन्छ । उहाँले गाउँका दाजुहरुले सिकाउनुु हुन्छ, आफ्नो वेशभूषा र नाच सबैलाई देउखाउनुपर्छ भन्नुहुन्छ । उहाँले भन्नुभयो, “मलाई पनि आफ्नो जातिको पोसाकमा नाच्न खुब रमाइलो लाग्छ ।” आफूभन्दा माथिल्लो पुस्ताको प्रेरणाले नै उहाँलाई पनि आफ्नो जातिले लगाउने वेशभूषा र नाचमा आकर्षित बनाएको हो ।
उहाँहरु जस्तै यहाँका विभिन्न थारू बस्ती बाक्लो भएको गाउँमा थारू युवायुवतीहरु अहिले प्रायः मेला महोत्सव चाडपर्वको समयमा थारू जातिको वेशभूषामा सजिएर नाच्दै गरेको भेटिन्छन् । परापूर्वकालदेखि आफ्ना अग्रजहरुले लगाउँदै आएको थरीथरी र रङ्गीचङ्गी वेशभूषा लगाउन उनीहरुलाई औधी रमाइलो लाग्छ । जिल्लाका सबैजसो धार्मिकस्थलमा लाग्ने मेला महोत्सवमा थारू जातिका युवायुवतीहरु आआफ्नो वेशभूषामा नाचगान गर्ने र पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको छ । आफ्नो वेशभूषामा सजिने अनि लोक नाच प्रस्तुत गर्ने क्रम मौलाउँदै जान थालेको छ ।
थारू जातिमा सङ्खिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । यस्तै जहिलेसुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, हुदुङ्ग्या नाच, मयूर नाच र बड्का नाच पनि नाच्ने गरिन्छ । केही वर्षयता जिल्लाका सबैजसो ठाउँमा मेला महोत्सव पनि लाग्ने र जाति विशेषले आफ्नो मौलिकता देखाउने खालको कार्यक्रम गर्ने प्रचलन बढेको हँुदा थारू समुदायको कला, संस्कृति र मौलिक नाचले ठाउँ पाएको थारू अगुवाहरुको भनाइ छ ।
थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी दुई तीन वर्षदेखि थारू समुदायको नाच व्यापकरूपमा चलनचल्तीमा आएको बताउनुहुन्छ । “पछिल्लो समय सांस्कृतिक कार्यक्रम गर्ने जमात बढेको हुँदा लोकनाचहरुले निरन्तर मञ्च पाइरहेका छन्”, उहाँले भन्नुभयो, “गाउँघरमा पनि युवायुवतीहरु क्लब, समूह, सङ्घसस्था गठन गरेर मौलिक नाच सिक्ने, वेशभूषामा सजिने क्रम बढेको छ ।” उहाँका अनुसार स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि लोककलाले अलि बढी ठाउँ पाएको छ । जनप्रतिनिधि वा स्थानीय सरकार आफँैले चासो नदिए पनि कलासंस्कृतिका अगुवाहरुले आग्रह गरेमा लोकसंस्कृति जगेर्नाका लागि स्थानीय सरकारले पनि चासो दिएको उहाँ बताउनुहुन्छ ।
Categorized in सिनेमा


