STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थारू संस्कृति जोगाउन घरबास

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १४, बुधबार

वीरेन्द्रनगर, पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा ल्याइएको हो । कूल रु ४० लाखको लगानीमा निर्माण गरिएको घरबासको मुख्य आकर्षण घोँघी र ढिकरी रहेको सञ्चालक चौधरीले बताउनुभयो । घरबासमा ढिकरी, घोँघीका अलावा लोकल सुँगुरको मासु, स्थानीय खोलामा पाइने साना माछा, लोकल कुखुरा, हाँस, भेँडाको मासुलगायत बट्टाइ चराको मासुसमेत उपलब्ध हुने उहाँले बताउनुभयो । “पछिल्लो समय थारू संस्कृति लोप हुँदै जान थालेको छ, यसलाई संरक्षण गर्नको लागि घरबास सञ्चालनमा ल्याएका छाँै, उहाँले भन्नुभयो, “घरबासले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्दछ ।” थारू संस्कृतिको नयाँ वर्ष तथा थारू समुदायको महान् चाड माघीदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ । त्यसैगरी थारू बस्ती रहेको नयाँ गाउँका कृषक सबै कृषि पेशामा रहेकाले उनीहरूको आर्थिक आयआर्जनमा समेत टेवा पुग्ने गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले बताउनुभयो । यहाँका कृषकलाई अर्गानिक उत्पादन गर्न प्रात्साहित गर्दै स्थानीय कृषकले उत्पादन गरेका सामग्री घरबासमा ल्याउने चौधरीले बताउनुभयो । यसका लागि ३४ बिगाहामा अनदी धान लगाइएको चौधरीले बताउनुभयो । घरबासमा अनदी चामलका विभिन्न परिकार खुवाउने उद्देश्यले यसको खेती शुरु गरिएको छ ।
Categorized in राष्ट्रिय