STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दसैँका लागि अग्रिम टिकट बुकिङ नखाेलिने

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक २, आइतबार

काठमाडौं – सरकारले यस वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ ।

यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो ।

यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै सुस्त भएकाले अग्रिम टिकट बुकिङ खोल्न आवश्यक नदेखिएको भुसालले बताए ।

बस व्यवसायीहरुले भने बसपार्क पुग्नेहरु धेरैलाई टिकट सकिएको भन्दै फर्काइरहेका छन् । कतिले टिकट काटे पनि बढी भाडा लिइएको गुनासो यात्रुले गरिरहेका छन् ।

विभागले भने बढी भाडा लिइए ट्राफिक प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

काठामाडौंमा गोगंबु बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, गौशाला, बालाजु, कलंकी लगायतका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएकाले बढी भाडा लिए त्यहाँ गएर खबर गर्न पनि सकिने प्रवक्ता भुसालले बताए ।

Categorized in राष्ट्रिय