STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशभर १३ सय ५९ जना संक्रमित थपिए, थप १४ जनाकाे मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १९, शुक्रबार

काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। याेसँगै  संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। याे अहिलेसम्मकै धेरै संख्यामा संक्रमित भेटिएकाे तथ्या‌ंक हाे । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित भेटिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ।  
Categorized in राष्ट्रिय