STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशभर कांग्रेसकाे विरोध प्रर्दशन

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २९, सोमबार

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । 

विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।

काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्‌याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् ।

सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन भने वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्नेछन् । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दै छन् ।

अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् ।

यस्तै पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।

यता मोरङमा महामन्त्री कोइरालाले स्थानीय जनआन्दोलन चौकमा सम्बोधन गर्देछन्। विरोध कार्यक्रममा सहभागि हुन आइतबार साझ विराटनगर आएका कोइरालाले सोमबार विहान संचारकर्मीहरुसँग कुराकानी गर्दै आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याए नेपाललाई हिन्दू राष्ट्र बनाउने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेसको आगामी महाधिवेशनमा समेत हिन्दु राष्ट्रका विषयमा छलफल हुने उल्लेख गरे । सडकमा केही व्यक्ति कराउँदैमा राजतन्त्र नफर्किने बताउँदै उनले नेपालमा हिन्दु राष्ट्र आवश्यक रहेको बताए ।

Categorized in राजनीति