नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २०, शनिबार
काठमाडौं – यस वर्षको ‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि जित्न नम्रता श्रेष्ठ सफल भएकी छिन् ।
नम्रताले त्रैमासिक भत्ता र पुरस्कारको रुपमा २ लाख ५० हजार पाउने छिन् ।
उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् ।
यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छिन् भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छिन् ।
यसैगरी, नेहा सरकारले नेपाल मेडिसिटी हेल्थी बन्न सफल भएकी छिन् । मेरिसा सिंह सुवालले अल्ट्रोजले मिस स्टाईलिस उपाधि जितेकी छिन् ।
त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छिन् ।
यस वर्ष देशभरका १ सय ५० युवतीहरू प्रतियोगिताका लागि प्रत्यक्ष सहभागी भएका थिए । जसमध्ये १८ देखि २६ उमेर समूहका २१ जना अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका थिए ।



