नून र चिनी पुग्नेगरी स्टकमा छ : साल्ट ट्रेडिङ
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २४, शनिबार
काठमाडौं– कोरोनाभाइरसको त्रासको कारण उपभोक्ताले चाहिनेभन्दा बढी स्टक राख्न थालेपछि बजारमा दैनिक उपभोग्य वस्तु नपाइने चिन्ता बढिरहेको छ । उपभोक्ताको यही चिन्ता हटाउन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आफूसँग पुग्नेगरी नून र चिनीको स्टक रहेको जानकारी दिएको छ ।
साल्ट ट्रेडिङ्गका विभागीय व्यवस्थापक ब्रजेशकुमार झाले जनजाति खबरलाई दिएको जानकारी अनुसार टे«डिङ्गसँग १ लाख ५८ हजार मेट्रिक टन नूनको स्टक खः ।
यसैगरी, पाँच महिनालाई पुग्ने चिनीको स्टक ट्रेडिङ्गसँग खः । बजारमा दैनिक उपभोग्य वस्तु नपाइने चिन्ता नलिन तथा आवश्यकताभन्दा बढी स्टक नराख्न पनि साल्ट ट्रेडिङ्गले अनुरोध गरेको छ ।
स्मरणीय छ, विश्वभरि फैलिरहेको कोरोनाभाइरसको संक्रमण नेपालमा अहिलेसम्म नरहेको सरकारी भनाइ छ ।
नेपालको छिमेकी देश चीनबाट सुरु भएको र भारतमा समेत यस भाइरसको संक्रमण देखिसकेकोे अवस्थामा नाकामा कडाइ हुने र यसले नेपालमा सामान कममात्रामा भित्रिने हुँदा नेपाली बजारमा उपभोग्य सामान नपाइने चिन्ताले उपभोक्ता आवश्यकताभन्दा बढी सामान स्टकमा राख्न थालेका छन् ।
Categorized in राष्ट्रिय