STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेवाः समुदाय उत्थानको लागि नेवाः सचेतना सेवा समाज घोषणा

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार

नेवाः समुदायलाई सामाजिक, सांस्कृतिक, भाषिक, राजनीतिक रुपबाट सचेत गरी अगाडी बढ्ने उद्देश्य अनुरुप स्थापित नेवाः सचेतना सेवा समाज घोषणासभा कार्यक्रम शनिबार काठमाडौंमा भव्यताकासाथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमीर रत्न ताम्रकारको अध्यक्षतामा संचालन भएकोे उक्त घोषणासभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेवाः अगुवा डा. महेशमान श्रेष्ठ तथा अतिथिको रुपमा सूर्यबहादुर नकर्मी उपस्थित हुनुभएको थियो । आफ्नो मन्तव्य राख्ने क्रममा सामाजिक, आर्थिक, राजनीतिक हरेक दृष्टिकोणबाट नेवाः समुदाय उत्पीडनमा परिसकेको अवस्थामा उक्त संस्था नाम अनुरुप नेवाः समुदायलाई सचेत गरी टोल–टोलमा गई संगठित गरी लानुपर्ने बिचार प्रमुख अतिथि डा. महेशमान श्रेष्ठले राख्नुभएको थियो । समाचार तथा तस्वीरः –नेवाः सूचना केन्द्र, राजेन्द्र रञ्जित
Categorized in राष्ट्रिय