पञ्जाबमा अदालतभित्रै विष्फोट, दुई जनाको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०७८ पौष ८, बिहिबार
८ पुस, एजेन्सी - भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ ।
विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फोटमा अन्य केही घाइते भएका छन् ।
अदालत भवनको दोस्रो तलामा विष्फोट भएको हो । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।
Categorized in अन्तर्राष्ट्रिय

