पत्रकार पुडासैनी मृत्यु प्रकरणः भिडियोमा आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३, मंगलबार
माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यलाय चितवनले दिएको जानकारी अनुसार पुडासैनीको गर्धनको हड्ी छुट्टीएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्मार्टम रिपोर्टमा उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा पुडासैनी आत्महत्या संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गछौँ । रिर्पोटमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख, उनले भने ।
पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । फरक फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृष्य देखिएको अनुसन्धानले देखाएको छ ।
Categorized in राष्ट्रिय