पाटन दरबारमा बज्ने भो डमरु, शङ्ख, मृदङ्ग र पञ्चताल
Janjati Khabar – जनजाति खबर | २०७६ पौष २३, बुधबार
आउँदो कात्तिकमा सङ्ग्रहालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्ने योजना बनाएको लाखेले बताउनुभयो । ‘‘पाटनमा रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शन गरी पर्यटकलाई पाटनमा वर्षैपिच्छे आउन मन लाग्ने बनाउने हाम्रो लक्ष हो’’, उहाँले भन्नुभयो । नेपालमा रहेका परम्परागत पोसाक लगाई फोटो खिच्न इच्छुक पर्यटकलाई त्यसको व्यवस्था मिलाउने, सङ्ग्रहालयभित्रको सुन्दरी चोकमा नयाँ प्रदर्शनी कक्ष स्थापना गर्ने, २०७२ सालको भूकम्पले क्षति भई पुनर्निर्माणमा प्रयोग नभएका पुराना सामग्री र पाटन दरबार हेरचाह कार्यालयमा थन्किएर रहेको नगराको मर्मत गरी प्रदर्शनी गर्ने योजना बनाइएको लाखेले जानकारी दिनुभयो ।
पर्यटक वृद्धि
भ्रमण वर्षको शुरुआतसँगै पाटन दरबार क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ को तुलनामा यस आव २०७६÷७७ पुस १६, १७ र १९ को तथ्याङ्क हेर्दा गत आव पुस १६ गते शून्य सङ्ख्यामा सङ्ग्रहालय भित्रिएका नेपाली आगन्तुकमा यस आवको पुस १६ गते २००, सार्क राष्ट्रका ५० रहेकामा बढेर ८२, अन्य विदेशी आगन्तुक २२५ बाट बढेर ४०० पाटन सङ्ग्रहायल भित्रिएका देखिन्छन् ।
यसैगरी गत आव २०७५÷७६ को तुलनामा यस आव २०७६÷७७ को पुस १७ गते सङ्ग्रहालय भित्रिएका नेपाली विद्यार्थी ५० बाट बढेर १५०, नेपाली आगन्तुक १०० बाट बढेर ४५०, अन्य विदेशी आगन्तुक ३९२ बाट बढेर ५१७ आएका सङ्ग्रहालयको तथ्याङ्कमा उल्लेख छ ।
गत आव २०७५÷७६ को तुलनामा यस आव २०७६÷७७ को पुस १९ गते शून्य सङ्ख्यामा सङ्ग्रहालय भित्रिएका नेपाली विद्यार्थी बढेर ५०, नेपाली आगन्तुक ५० बाट बढेर ३००, सार्क राष्ट्रका एक जनामा बढेर ७६ भित्रिएका तथ्याङ्कमा उल्लेख छ ।
गत आव २०७५÷७६ को तुलनामा यस आव २०७६÷७७ को पुुुस १८ गते नेपाली विद्यार्थी सङ्ख्या १५० बाट शून्य, नेपाली आगन्तुक ३०० बाट १००, सार्क राष्ट्रका १७८ बाट १००, अन्य विदेशी आगन्तुक ६४८ बाट ५३२ घटेका छन् । यसैगरी गत आव २०७५÷७६ को तुलनामा यस आव २०७६÷७७ को पुुुस २० गते पनि नेपाली विद्यार्थी सङ्ख्या १५० बाट १००, नेपाली आगन्तुक २०० बाट १००, सार्क राष्ट्रका २०० बाट ४८ र अन्य विदेशी राष्ट्रका ५७० बाट ३०६ रहेका सङ्ग्रहालयको तथ्याङ्कले देखाएको छ ।
यस आवको पुस १८ र २० गते सङ्ग्रहालयमा धेरै सङ्ख्यामा पर्यटक घट्नुका कारण बढी जाडो भएर हुनुपर्ने सङ्ग्रहालयका काउन्टर इन्चार्ज विपिन बज्राचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भ्रमण वर्ष २०२० को शुरुआतसँगै पाटनमा हाल दैनिक ४०० देखि ५०० विदेशी र २०० देखि २५० स्वदेशी पर्यटक आउने गरेका छन् ।
पाटन सङ्ग्रहालयमा हरेक शनिबार, सार्वजनिक बिदाका दिन, नयाँ वर्षको अवसर, दशैँ र तिहार, जाडो या गर्र्मी बिदामा बढी आन्तरिक पर्यटक घुम्न आउने गरेका जानकारी गराएको छ । सङ्ग्रहालयले भ्रमण वर्षका अवसरमा सङ्ग्रहालय घुम्न आउने हरेक विदेशी पर्यटकलाई दरबारको चित्राङ्कित एक डायरी उपहार दिन थालेको लाखेले बताउनुभयो ।
Categorized in राष्ट्रिय


