STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुम्फालाई किमोथेरापी पछि शल्यक्रिया गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १९, आइतबार

तीन वर्षदेखि आर्थिक अभावका कारण उपचार हुन नसकेर अर्बुद रोगले थलिएकी तातोपानी गाउँपालिका–२ जुम्ला जर्मीगाउँकी ६५ वर्षीया पुम्फा दमार्इंको बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार शुरु भएको छ । उहाँको उपचारमा सम्लग्न डा तोसीमा कार्कीले पहिलो चरणमा स्वास्थ्य परीक्षण सम्पन्न गरिएको जानकारी दिनुभयो । “पुम्फालाई जाँच गर्दा क्यान्सर चौथो स्टेजमा पुगेको छ”, उहाँले भन्नुभयो, “अवस्था जटिल भएकाले तत्कालै शल्यक्रिया नगरी जाँच गरेका छौँ ।” रोग बल्झिएकाले पाठेघर, कलेजोसम्म पनि यसको असर पर्न सक्ने भन्दै डा कार्कीले मेडिकल अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार तीन पटकसम्म किमोथेरापी गरेर सुधार भएपछि मात्र शल्यक्रिया गरिने छ । पुम्फालाई प्राथमिकतामा राखेर काम गरेको क्यान्सर अस्पताल भरतपुरले जनाएको छ । जटिल खालका रोगका लागि सरकारले रु एक लाख सहयोग गर्ने नीतिअनुसार उपचार सजिलो हुने भएको छ । गाउँपालिकाको सिफारिशमा अस्पतालले सो सेवा निःशुल्क दिने जनाइएको छ । अस्पतालका डा गङ्गा सापकोटाले उहाँको निःशुल्क उपचार हुने जानकारी दिनुभयो । त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, अस्पतालको क्यान्सर सेवा समाजले पुम्फाको उपचारका लागि थप जनाइएको छ । पुम्फाको उपचारको अवधिभर क्यान्सर सेवा समाज भरतपुरले रेखदेख गर्ने छ । उहाँको उपचारका लागि हालसम्म रु ६२ हजार नगद सहयोग जुटेको सागर परियारले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय