STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुरातत्व विभागमै सम्पदाप्रेमीको विरोधसभा

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

काठमाडौं– ऐतिहासिक ढुङ्गेधारा भएको स्थानमा भवन निर्माणको स्वीकृति दिएकोमा सम्पदा अभियन्ताहरुले पुरातत्व विभागको विरोध गरेका छन् । काठमाडौं महानगरपालिका १ वडास्थित हात्तिसारमा भेटिएको ढुङ्गेधारा भएको स्थानमा पुरातत्व विभागले भवन निर्माणको स्वीकृति दिएको हो । यसको विरोधमा सम्पदा अभियन्ताहरुले फागुन ४ गते आइतबार पुरातत्व विभागमै पुगी कोण सभा गरेका छन् । कोणसभापश्चात् उनीहरुले विभागका प्रमुखहरुसँग छलफल गरेका छन् । पुरातत्व विभागले संरक्षण गर्नुपर्ने स्थानमा भवन निर्माणको स्वीकृति दिएकोमा सम्पदा अभियन्ताले छलफलमा आपत्ति जनाएका हुन् । विभागका प्रमुखले ऐतिहासिक ढुङ्गेधारा संरक्षणमा आफूहरु सकारात्मक रहेको बताएका छन् । सम्पदा अभियन्ता यादवलाल कायस्थलगायत सम्पदाप्रेमीहरुले लामो समयदेखि हासित्तसारमा भेटिएको ढुङ्गेधारा संरक्षणको माग राख्दै विविध कार्यक्रम गरिरहेका छन् ।
Categorized in राष्ट्रिय