STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २६, बिहिबार

गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला, मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने उक्त मेलामा स्थानीय कृषिजन्य उत्पादन, हस्तकलाका वस्तु, सूचना प्रविधि, दैनिक घरायसी सरसामान, लत्ता कपडा, श्रृङ्गारका सामग्रीलगायत प्रदर्शन गरिने छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले पर्यटन उद्योगका लागि धेरै सम्भावना रहेको पोखरामा आउने पर्यटकलाई स्थानीय उत्पादन तथा संस्कृतिकाबारे जानकारी गराउन मेला महत्वपूर्ण हुने बताउनुभयो । मेला आयोजक समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठले विभिन्न २८ उपसमिति गठन गरी मेलाको तयारीमा लागेको जानकारी दिँदै भ्रमण वर्षमा स्थानीय उत्पादनको प्रवद्र्धनका साथै पर्यटकीय नयाँ गन्तव्यको खोजी गर्नका लागि मेला गर्न लागिएको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले लोक नृत्य प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत गरिने उक्त मेलामा रु ७० लाख खर्च गरिने र करीब रु ३० लाख बचत गरी नयाँ उद्यमशीलताको विकासका लागि खर्च गरिने जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय