STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ र महाराजगञ्जमा एकजना प्रहरीको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २५, बुधबार

काठमाडौँ - जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् ।

आत्मसमर्पण गरेका प्रहरीहरूलाई प्रदर्शनकारीहरूले सडकमा ल्याएर आक्रमण गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । कोटेश्वर प्रभागमा कार्यरत ३ जना प्रहरीहरू हताहती भएको सूचना आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।

महाराजगन्जमा एकजना असईको मृत्यु

यसैगरी प्रहरी वृत्त महाराजगन्जमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । 

जेनजी प्रदर्शनकारीहरूले महाराजगन्जमा आगजनी सुरु गरेपछि निसास्सिएर एक जना असईको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

वृत्तमा आगजनी सुरु भएपछि त्यहाँ फसेका प्रहरीहरूलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । 

Categorized in राष्ट्रिय