STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानन्यायाधीशमा प्रकाशमान सिंहको नाम सर्वसम्मतिले अनुमोदन

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १६, बुधबार

काठमाडौं- प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको छ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिइन्।

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको थियो।

उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका थिए। समितिले राउतविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

यसरी उजुरी गरेकामध्ये एक उजुरीकर्ताले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्याङ्कन गर्ने क्षमता नै नभएको आरोप लगाएका थिए।

बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहार गरेको उजुरी दिएका थिए।

Categorized in राजनीति