STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरीको निर्घात कुटपिटबारे छानबिन हुने

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ३, शनिबार

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएको छ । गुप्तामाथि बिहीबार प्रहरीले नियन्त्रणमा लिनु अघि र पछि कुटपिट गरेको थियो । बिजुलीबजार क्षेत्रमा शुक्रबार भएको प्रदर्शनमा भने प्रहरीको निर्घात कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको थियो । दुवै घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो । रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल छन्। समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको जानकारी महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दिए ।
Categorized in उपत्यका