फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक (भिडियोसहित)
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख ३१, शुक्रबार
साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक भएको छ ।
यो गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो ।
बाबुल गिरीको संगीत तथा एरेञ्ज रहेको गीतमा बाबुलकै स्वर रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबाहकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ ।
संजीत सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायाँकन तथा सम्पादन र कृतिका श्रेष्ठको शृंगार छ । भिडियोमा फुलारा र बाबुलले अभिनय गरेका छन् ।
शुक्रबार युट्युब मार्फत सार्वजनिक यो गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ । आफ्ना अन्य गीत जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफू आशावादी रहेको कुरा फुलाराको रहेको छ ।
फुलाराले यो गीतलाई अहिलेको बिषम परिस्थिति र विश्वभरी आक्रान्तभइ फैलियको कोभिड-१९ को महामारीको चपेटामा परि कस्टकर जीवन विताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक वाहिर शहरको डेरामा वस्ने जनजीवनलाइ मध्य नजर गरि लेखिएको गीतका रूपमा प्रस्तुत गरेका छन् भने यो भिडियो गीतकार फुलाराको आफ्नै आधिकारीक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक गरिएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोला
Categorized in साहित्य-कला

