STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज

Janjati Khabar – एजेन्सी | २०७७ फाल्गुण ९, आइतबार

सामाजिक सञ्जाल फेसबुकले म्यानमार सैनिकको पेज बन्द गरिदिएको छ।

फेब्रुअरी १ मा भएको सैन्य कूको विरोधमा उत्रिएका दुईजना प्रदर्शनकारीको प्रहरीले हानेको गोली लागेर मृत्यु भएको अर्को दिन फेसबुकले हिंसा भड्काउने कुरालाई प्रतिबन्ध गर्ने आफ्नो विश्वव्यापी मापदण्डअनुसार सैनिकको पेज बन्द गरिएको जनाएको छ।

म्यानमारको सैनिकलाई तात्मादअ भनेर चिनिन्छ। उसको ट्रु न्युज पेज आइतबारदेखि फेसबुकमा देखिएको छैन ।

फेसबुकको यो कदमबारे म्यानमारको सैनिकले कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि आइतबार भएको प्रदर्शनका क्रममा मन्डालय सहरमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो। म्यानमारका नागरिक दुई सातादेखि सैनिक कूविरूद्ध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ।

Categorized in अन्तर्राष्ट्रिय