बन्दको अवज्ञा गरेको भन्दै कृषि मन्त्रालयको गाडी तोडफोड
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ४, बुधबार
काठमाडौं - बन्दको अवज्ञा गरेको भन्दै सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ ।
बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् ।
बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नम्बरको गाडीको सिसा फुटेको जनाइएको छ ।
काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको थियो ।
अहिले सो गाडीलाई मन्त्रालय पठाइएको छ ।


