STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ४, बुधबार

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताउनुभयो । केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित बालबालिकाले बीचमै औषधि छाड्ने गरेकाले उनीहरु जोखिममा परेका हुन् । उनीहरुलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयं सेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताउनुभयो । सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ जना डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।
Categorized in राष्ट्रिय