STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाबुराम भट्टराई पनि गोरखा २ बाट चुनावमा उठ्ने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १८, शनिबार

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको गोरखा क्षेत्र नं. २ बाटै चुनाव लड्ने भएका छन्। 

नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे।

यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए। 

गृहजिल्ला गोरखाका पत्रकारहरूसँग शनिबार कुराकानी गर्दै उनले यसअघि जितेको ठाउँबाट चुनाव लड्ने मापदण्डअनुसार सो क्षेत्रबाट आफू स्वतः उम्मेद्वार हुने दाबी गरे। 

'यस अघिको निर्वाचनमा जसले जहाँबाट चुनाव जितेको हो उसले त्यही लिने भन्ने अन्तरिक समझदारी बनेको छ। त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु', उनले भने, 'यसपटक सबै दलको साझा उम्मेदवारको रूपमा अघि बढ्न चाहेको छु। गठबन्धनका कांग्रेस, माओवादीलगायत दलको त सहयोग हुनेछ। त्यो बाहेकका सबै दलहरुले पनि यसपटक मलाई गोरखाको प्रतिनिधित्व गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा छ।' 

पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँट गर्ने सहमति भएकाले सोही अनुसार सिट बाँडफाँट हुने उनले बताए। 

यसअघि सो क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नाम पनि सिफारिस भइसकेको छ। 

Categorized in राजनीति