STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेस निर्णय

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १९, आइतबार

काठमाडौं - नेपाली कांग्रेसले १० वैशाखमा हुने बारा–२ उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको निर्णयअनुसार बारा २ मा यादवलाई सघाउने निर्णय गरेको कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले जानकारी दिए ।

कांग्रेसले उम्मेदवार नउठाउने भएपछि अब बारा–२ मा सत्ता गठबन्धनबाट यादव, रास्वपाबाट रमेश खरेल र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार छन् । बारा–२ मा एमालेले भने उम्मेदवार टुंग्याइसकेको छैन । जसपा अध्यक्ष यादवले एमालेसँग पनि आफूलाई सघाउन लबिङ गरिरहेका छन् ।

कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

Categorized in राजनीति