STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बारुणयन्त्रको २४ सै घण्टा व्यवस्था गर्न निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई हावाहुरीको मौसम शुरु भइसकेकाले २४ घण्टा बारुणयन्त्रको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका शाखा अधिकृत रीनु थपलियाले हावाहुरीको मौसम शुरु भइसकेकाले सबै स्थानीय तहलाई छबुँदे निर्देशन जारी गर्दै बारुणयन्त्र सञ्चालनको लागि चौबिसे घण्टा जनशक्तिको उचित व्यवस्थापन गरी तयारीको अवस्थामा राख्न निर्देशन दिइएको जानकारी गराउनुभयो । उहाँले हावाहुरीबाट आगलागी सम्भावना बढी हुने र जसले जीउधनको क्षति हुने भएको पूर्व सजकता अपनाउन स्थानीय तहलाई निर्देशन दिएको बताउनुभयो । हावाहुरीबाट बच्नका लागि दमकल ९बारुणयन्त्र० मर्मतसम्भार गर्नुपर्ने अवस्था भए तत्काल मर्मतसम्भार गरी चालू अवस्थामा राख्नुपर्ने आगलागी तथा डढेलोका घटना घटेको सूचना पाउनसाथ बारुणयन्त्र र जनशक्ति परिचालन गरी क्षति हुन नदिने तर्फ सजकता अपनाउने स्थानीय तहलाई निर्देशन दिइएको छ । यस्तै हावाहुरीको कारणले आगलागी तथा डढेलोको प्रकोप हुन सक्नेबारे स्थानीयलाई जनचेतना जगाउने तथा सजग गराउने, स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र र नागरिकलाई विपद् व्यवस्थापन सम्बन्धमा तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवाला निकायसँग अग्नि नियन्त्रण सम्बन्धमा समन्वय र सहकार्य गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ । चैत र वैशाखमा देशभरि नै हावाहुरी लाग्ने गरेको छ । जसको कारण ठूलो भौतिक र जीउधनको क्षति हुने गर्दछ ।
Categorized in राष्ट्रिय