STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाह्रजना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' प्रदान गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण ७, बिहिबार

नइ एकेडेमीले 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने घाेषणा  गरेक‍ो छ ।

यी पुरस्कारका राशि जनही पचास पचास हजार रुपियाँ रहेका छन् । 

नइ प्रज्ञा पुरस्कार'बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा.कपिलदेव लामिछाने, प्रा.केशव सुवेदी, प्रा.डा.चक्रपाणि खनाल, प्रा.डा.जङ्गब चौहान, प्रा.डा.भरतकुमार भट्टराई, प्रा.डा.महादेव अवस्थी, डा.रजनी काफ्ले ढकाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, प्रा.डा.लेखप्रसाद निरौला, डा.साधना पन्त ‘प्रतीक्षा’ र डा.हर्कबहादुर शाहीलाई विभूषित गरिने भएको छ ।

 

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव  नरेन्द्रराज प्रसाई ले जानकारी दिनु भएको   हो ।

 

नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न हुने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा 'नइ प्रज्ञा पुरस्कार' समर्पण गर्ने भएको छ ।

Categorized in साहित्य-कला