STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाह्र सय कर तिर्न हजाराँै खर्च

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १८, बुधबार

खुद्रा पसल दर्ता गरेर रु पाँच लाख पूँजीबाट व्यवसाय शुरु गरेकी भेरी नगरपालिका–४ की पशुपति शाहीको कमाइ ठिकै छ । पसलबाट घरव्यवहार चल्छ । उहाँले भन्नुभयो, “व्यवसायमा सन्तुष्ट नै छु, तर कर तिर्न प्रदेश राजधानी सुर्खेत जानुपर्दा भने कष्ट नै छ, जिल्लामै कर तिर्ने व्यवस्था नहुँदा रु एक हजार २०० कर तिर्न रु १० हजार खर्च गर्नुपर्छ ।” स्थायी लेखा नम्बर पान लिन र कर तिर्न सुर्खेत जानुपर्ने भएपछि उहाँजस्ता सानो व्यवसाय गरी गुजरा चलाउनेका लागि निकै सास्ती भएको छ । यो क्षेत्रको आन्तरिक राजश्व कार्यालय सुर्खेत र जुम्लामा मात्र भएकाले जिल्लाका व्यवसायीलाई कर तिर्न सुर्खेत र जुम्ला जानुपर्छ । रु २० लाखसम्मको पूँजी राखेर व्यवसाय गर्ने व्यापारीले नगर क्षेत्रभित्र भए रु दुई हजार ५०० र गाउँपालिकाभित्र भए रु एक हजार २५० वार्षिक कर बुझाउनु पर्छ । बारेकोट गाउँपालिका–५ का प्रकाश गिरीले खुद्रा पसल सञ्चालन गर्नुभएको छ । उहाँले रु एक हजार २५० कर बुझाउन सुर्खेत जाँदा रु १० हजारभन्दा बढी खर्च भएको बताउनुभयो । बैंकबाट वा जिल्ला सदरमुकाममा शाखा कार्यालय राखेर त्यहीँबाट राजश्व बुझाउने व्यवस्था मिलाउन सबैको आग्रह छ । उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्णबहादुर खत्रीले जिल्लामै कर बुझाउने व्यवस्था मिलाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । जिल्लाका तीन हजार व्यवसायी पानमा दर्ता भएका छन् ।
Categorized in राष्ट्रिय