STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुधबार सोनाम ल्हाेसारको सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १८, मंगलबार

माघ १८, काठमाडौं - सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईद्वारा मंगलबार जारी सूचनामा भनिएको छ, ‘वि.सं. २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ-संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/१०/१७ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Categorized in राष्ट्रिय