STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ब्रुसलीको अमरकथा अब इन्डिजिनियस टेलिभिजनमा

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २०, मंगलबार

विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक कथामा आधारित चिनिया टेलिसिरियल ब्रुसलीको अमरकथा नामक धारावाहिक टिभी सिरियल नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपाली भाषामा अनुवाद गरी स्वराङ्कन गरिएक ३० भागको यो टिभी सिरियल असोज २२ गतेदेखि प्रत्येक विहिवार बेलुकी ९ बजेदेखि १० वजेसम्म र पुनःप्रसारण शनिवार दिउँसो ४ः०० बजेदेखि ५ः००, आइतबार राति १०ः०० बजेदेखि ११ः०० बजेसम्म सोमबार दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म हुुने कुराको जानकारी दिन एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

अरनिको समाजले टिभी सिरियल ब्रुसलीको अमरकथा नेपालीभाषामा अनुवाद गरी नेपालका स्थानीय टेलिभिजनमार्फत प्रसारण गर्न लागेको हो । नेपाली भाषाको संस्करणकालागि डा.सर्वोत्तम श्रेष्ठ ले भाषा अनुवाद गरेका हुन् भने  यसमा डबिङ्ग  निर्देशक विजयरत्न तुलाधर , डबिङ्ग र मिक्सिङ्ग राजकृष्ण श्रेष्ठले गरेका हुन् । 

यो ब्रुसलीको जीवनीलाई आधार बनाई गरिएको यो पहिलो टिभी सिरियल हो । यो टिभी सिरियलमा ब्रुसली आफ्नो ३२ वर्षको छोटो जीवनमा के कस्ता संघर्षहरु गरी आफुलाई विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायकका रुपमा स्थापित गरे भन्ने बारे का प्रसंगहरु प्रस्तुत गरिएको छ । साथै  ब्रुसलीको व्यक्तिगत र पारिवारिक विषयहरु यसमा समावेश गरिएको छ । 

७० को दशकमा ब्रुसलीका चलचित्रहरु नेपाली दर्शकहरुमा साथै विश्वभर लोकप्रिय थिए । 

अरनिको समाज चीनका विभिन्न विश्वविद्यालयहरुबाट अध्ययन पूरा गरी फर्केका नेपालीहरुको संस्थाहो । समाजले जनस्तरमा नेपाल र चीनको मैत्री सम्बन्ध प्रगाढ बनाउन विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । तिमध्ये चीनिया भाषामा बनेका वृत्तचित्र र टिभी सिरियलहरुलाई नेपाली भाषामा अनुवाद गरी नेपाली टेलिभिजनबाट प्रशारण गर्नु पनि एक हो, विज्ञप्तीमा भनिएको छ । 

समाजले यसअघि लोकप्रिय वृत्तचित्र तथा टिभी सिरियल पश्चिततिरको यात्रा नेपाली भाषामा अनुवाद गरी नेपालका विभिन्न टिभी च्यानलहरुबाट प्रशारण गरिसकेको र गर्दै आईरहेको छ ।

Categorized in सिनेमा