STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भदौ ८ सम्म निशेधाज्ञा थप, राति गाडी चलाउन रोक

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २६, मंगलबार

काठमाडौं– उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।

काठमाण्डाै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो बिहीवारदेखि लागू हुने गरी थप गरेको निषेधाज्ञामा अत्यावश्यकबाहेकका नीति तथा सार्वजनिक गाडीहरू बेलुका आठ बजेपछि सञ्चालन गर्न रोक लगाएका हुन् । 

यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन । 

यस्तै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने, मन्दिरहरूमा नित्य पूजाबाहेकका गतिविधि गर्न नपाइने, सभा–सम्मेलन, पाटी प्यालेस, डान्स बार, दोहोरी, स्विमिङ पुल लगायतका ठाउँ पनि खोल्न पाइने छैन । 

थपिएको निषेधाज्ञा आउँदाे भदौ आठ गतेसम्म रहनेछ । 

Categorized in उपत्यका