STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय विदेश राज्यमन्त्रीद्वारा प्रधानमन्त्री दाहाललाई स्वागत

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १७, बुधबार

नयाँ दिल्ली - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी हुन् ।

विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि अमेरिकामा रहेका कारण विदेश राज्यमन्त्री लेखी प्रधानमन्त्रीको स्वागतमा विमानस्थल पुगेकी थिइन् ।

बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको थियो । भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा उनी भारत गएका हुन् ।

Categorized in राजनीति