STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भ्रष्टाचारीलाई कारबाही गर्ने बिषयमा कसैसंग सम्झौता नहुने प्रधानमन्त्री प्रचण्डको अडान

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ३१, बुधबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।

नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित स्मृति कार्यक्रममा प्रचण्डले भ्रष्टाचार विरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको भन्दै कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारे।

उनले सरकार आफ्ना लागि ठूलो कुरा नभएको र ठूलो कुरा सुशासन भएको जिकिर गर्नुभयो । सुशासन कायम गर्ने आफ्नो लक्ष्यमा कुनै आशंका नगर्न उहाले आग्रह गरे। माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउन माजवादी मोर्चा बनाउन लागिएको जानकारी दिए।

अहिले बिभिन्न आन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको र लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएको भन्दै प्रचण्डले यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेको जिकिर गरे।

उनले डिआर पौडेलको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको बताए।

Categorized in राजनीति