STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

'मन बिनाको धन’को प्रचारमा तिब्रता

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आश्विन ३१, शुक्रबार

संगीतकारबाट चलचित्रको निर्देशक बनेका निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को प्रचारमा तिब्रता ल्याएको छ । यसै क्रममा सो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेका छन । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो ।टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ मा  निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।

चलचित्र  अशोक दर्जी सगै सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ । 

फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको  छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।चलचित्रलाई  एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ।

Categorized in साहित्य-कला