STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मराङमा सडक निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३, शुक्रबार

म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्री गाउँमा सडक पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशीदेखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँको अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर गर्बुजाले बताउनुभयो । बेशी–मराङ–बुल–मलम्पार–मल्कवाङ सडक आयोजना अन्तरगत यस वर्ष बेशी देखि कुम्रीसम्म सडकको ट्याक खुलेको हो । तीन किलोमिटर दुरीको सडक ६ देखि ७ मिटर फराकिलो भएको उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र गुरुङले बताउनुभयो । नयाँ सडकको ट्याक खोल्नुका साथै १८४ घनमिटर ९२ थान ग्यावीयन पर्खाल समेत निर्माण गरिएको छ । सडक निर्माण भएपछि स्थानीयबासीलाई आवत जावत, ढुवानी र निकासीमा सहज भएको छ । गत वर्ष मालिका गाउँपालिकाको अर्गला देखि बेशीसम्म सडकको ट्याक निर्माण भएको थियो । यस वर्ष प्रदेश सरकारले बिनियोजन गरेको एक करोड रुपैयाँ बजेटबाट अर्गाला–बेशी खण्डको भिरमा ट्याक निर्माणको काम भैरहेको छ ।
Categorized in राष्ट्रिय