STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महाकालीमा पानीको वहाब खतरानजिक

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ५, शनिबार

महाकाली नदीमा पानीको वहाव बढेर खतरा तहनजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाकाले सूचना जारी गर्दै शनिबार साँझ ५:३० बजे डडेल्धुराको परीगाउँनजिक पानीको वहाब बढेर खतराको तहनजिक पुगेको जानकारी दिएको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार ५:३० बजे महाकालीमा पानी वहाब ६.२ मिटर पुगेको छ । महाशाखाले महाकाली नदीको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले भोलि बिहानैसम्म सर्तक रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

'महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी खतरा तहनजिक पुगेको र महाकाली नदी जलाधारमा थप वर्षा हुने पूर्वानुमान भएकाले महाकाली नदी तल्लो तटीय क्षेत्रका डुबान भइरहने होचा स्थानमा हुनेहरूले भोलि बिहानसम्मै सतर्कता अपनाऔँ' मशाखाले निकालेको सूचनामा उल्लखे छ ।

Categorized in राष्ट्रिय