STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मानवअधिकारको अवस्था सोचेजस्तो सुधार भएन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

देशमा राजनीतिक र सामाजिक अवस्था फेरिए पनि मानवअधिकारको अवस्थामा भने सोचेजस्तो सुधार हुननसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । छुवाछुत, विभेद, राजनीति र सामाजिक क्षेत्रमा फेरिएर आइरहेको टिप्पणी मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुको तहमा शुरु भएको छ । राजनीतिक अधिकारसमेत संविधानले तोकेअनुसार नपाएर महिला, दलित, अपाङ्गता र सीमान्तकृत पीडित भइरहेको अधिकारकर्मीको भनाइ छ । फरक÷फरक दलको उम्मेदवार भएकै कारण महिला कुनै पनि पदमा नपुगेका धेरै उदाहरण जिल्लामै भेटिएको अधिकारकर्मी विकास पौडेलले बताउनुभयो । उहाँले कानूनमै अनिवार्य सहभागिताका लागि उम्मेदवार छनोटदेखिनै व्यवस्था गर्नुपर्ने धारणा पनि राख्नुभयो । राजनीतिक अधिकार, सामाजिक, सांस्कृतिक अधिकारजस्तै खाद्य सुरक्षा, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकारलाई स्पष्ट रुपमा ल्याउन प्रशासक र राजनीतिक नेतृत्वलाई उहाँले आग्रह पनि गर्नुभयो । कानूनी रूपमा बाध्य भएको खण्डमा मात्र यस्ता विषयले समावेश पाउने उहाँकोे निष्कर्ष छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा शनिबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा मानव अधिकारको अवस्था, अधिकारकर्मीको अवस्था र मानवअधिकार रक्षकको अवस्थाबारे सामूहिक छलफल गरेको सङ्कल्प फाउण्डेशन गण्डकी प्रदेशकी अध्यक्ष सावित्री खड्काले बताउनुभयो । आयोगका सचिव बेदप्रसाद भट्टराईले आयोगको ऐन संशोधन विधेयकले नागरिकको अधिकार कुण्ठित हुने बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विरोधका स्वर शुरु भइसकेकाले फिर्ता हुनसक्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय