STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मान्सी भइन् ‘मिस तामाङ’

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १८, मंगलबार

बैदाम तामा तामाङ सेवा समाजको आयोजनामा भएको छैटौं मिस तामाङको उपाधि पोखरा रानीपौवाकी मान्सी तामाङले जितेकी छन् । उनले शनिबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ९ प्रतियोगीहरुलाई पछि पार्दै बेस्ट स्माइल टाइटल सहित १ लाख पुरस्कार हात पारिन् ।

प्रतियोगितामा मिस अर्गनाइज्डको टाइटल सहित आशिका तामाङ फस्ट रनर अप बनिन् । उनले रु. ५० हजार नगद पुरस्कार प्राप्त गरिन् । यस्तै, सेकेन्ड रनर अप पूजा तामाङ भइन् । उनले ३० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । मिस ट्यालेन्ट सहित भ्युर्यस च्वाइस उपाधि जितेकी पेमा तामाङले २० हजार पुरस्कार प्राप्त गरेकी छिन् ।

यसैगरी, मिस कन्फिडेन्ड कृस्टि तामाङ, बेस्ट हेयर ऋतिका तामाङ, मिस ग्रेसफुल जीया तामाङ, मिस फोटोजेनिक रेखा तामाङ, मिस पपुलर पूजा तामाङ, बेस्ट वाक मनीषा तामाङ र मिस फ्रेन्डली सिर्जना तामाङ बनिन् ।

प्रतियोगिताको प्रमुख निर्णायक जेसिआई बल्र्डका पूर्व उपाध्यक्ष राजु केसीले अन्तिम ५ प्रतिस्पर्धीलाई ‘जलवायु परिवर्तनले आदिवासी जनजातिलाई परेको प्रभाव’ बारेमा लिखित जवाफ सोधेका थिए । जसमा मान्सीको जवाफले निर्णायकको मन जितेको हो । अन्य निर्णायक मिस तामाङ वल्र्ड–२०२१ स्याङ्डोमा ब्लोन तामाङ र जोन्टा क्लबका उपाध्यक्ष मोनिका थापा थिए ।

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङ, नेपाल तामाङ घेदुङ गण्डकीका प्रमुख सल्लाहकार दिपक वाइवा तामाङ, म्युजिक एसोसिएसनका अध्यक्ष मिलन मोक्तान, मिस तामाङ पोखरा २०२० का विजेता शशिकला तामाङ, लगायतले बोलेका थिए ।

कोरोना प्रभावका कारण आयोजकले भर्चुअल रुपमा कार्यक्रम गरेको हो । आयोजक, प्रतियोगी तथा तिनका आफन्त र केही संघसंस्थाका प्रतिनिधिसहित सिमित दर्शकको उपस्थितिमा लेकसाइडस्थ्ति बिजिबी रिसोर्टमा कार्यक्रम भएको हो । गोर्खा ब्रुअरीले मुख्य प्रायोजनमा गरेको प्रतियोगिताको न्युज नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

कार्यक्रमको सञ्चालन सन्जयकुमार मल्ल, राम लामा, डोल्मा लामा, दिप्ती गोम्जो र निमा लामाले गरेका थिए । मिस तामाङको अघिल्ला संस्करणबाट नीमा लामा, दीप्ति गोम्जा, कविता योञ्जन, कुशुम स्याङ्वो तामाङ र शशिकला तामाङले ताज पहिरिन सफल भइसकेका छन् ।

Categorized in साहित्य-कला