मेयर महर्जनले गरे ज्यापु कल्याण भवनको शिलान्यास
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण २५, बुधबार
ज्यापु समाज यलको दीर्घकालीन योजनालाई सार्थक बनाउन दक्ष जनशक्ति तयार गरी आर्थिक, सामाजिक रुपमा समुदायलाई सवल बनाउने उद्देश्यले विभिन्न तालिम, प्रशिक्षण, सम्मेलन, आदि गर्न ठाउँ अभावका कारण भवन निर्माण लागेको दाता स्व. महर्जनबाट दान दिनु महानगरपालिका वडा पलँ ध्वाखा, सैंथु गणेश स्थित १२ आना क्षेत्रफल भएको जग्गामा करीब ४ करोड लागतमा अन्तराष्ट्रिय स्तरको भवन निर्माण हुनेछ भने निर्माणका लागि ललितपुर महानगरपालिकाबाट ६०,००,०००/- (अक्षरेपी साठ्ठी मात्र) आर्थिक सहयोग प्राप्त हुने कुरा बताइ एको छ । ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनज्यूको सभापतित्वमा बुधबार सम्पन्न कार्यक्रममा ललितपुर महानगरका प्रमुख श चिरिबाबु महर्जनज्यूद्वारा ज्यापु कल्याण भवनको विधिवत शिलान्यास गर्नुभयो । पवित्र कार्यमा नेवाः परम्परा एवं ज्याप समाज बलको विधि अनुसार ४० टोलका धिमय् बाजा सहित ४० वटै टोलको नाममा "किसली" (सानो माटाको पाला, चामल, पैसा, गोलो सुपारी, अवीर) चढ़ाई विधिवत रुपमा पूजा आजा गरी शिलान्यास कार्यक्रम सम्पन्न भयो ।
निर्माणाधिन ज्यापु कल्याण भवनमा विभिन्न आधुनिक तालिम कक्ष, सभा कक्ष, कार्यालय अफिस कोठाहरू हुनेछन् भने यस भवनमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक विभिन्न खालका तालिमहरू दिन, आर्थिक रूपमा सबल बनाउनको निमित्त सेमिनार गोष्ठीहरू गर्ने उद्देश्यले निर्माण हुन लागेको यस कार्यक्रममा उच्च गन्यमान्य व्यक्तित्वहरु, ज्यापु समाज यलका पूर्व अध्यक्षहरू, मानार्थ सदस्य पदेन सदस्यहरू, टोलका अध्यक्षहरू, टोल प्रतिनिधि, महिला प्रतिनिधिहरुको सहभागीतामा भव्य रुपमा शिलान्यास कार्यक्रम सम्पन्न भयो।
Categorized in उपत्यका

