STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाइयाे • एकजना पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २, मंगलबार

काठमाडौं । युट्युव च्यानल मार्फत सोमबार सार्वजनिक गरिएकाे ‘देशद्रोही’ नामको म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाइएकाे घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाडाैं टोलीले पक्राउ गरेको हो । गीतमा गायक ‘गेल्जङ दोर्जे तामाङले राष्ट्रिय झण्डा जलाएपछि त्यसकाे चाैतर्फी विराेध भएकाे छ । झण्डा जलाउने गायककाे खाेजी भइरहेकाे जनाइएकाे छ । झण्डा जलाउने गायकलाई कारबाही र भिडिओलाई हटाउन समेत माग भइरहेकाे छ । म्युजिक भिडिओ मकवानपुरको बाग्मती गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार यस विषयमा अनुसन्धान अघि बढाइसकेको बताएका छन् । मकवानपुरको घटना भएकोले जिल्ला प्रहरी कार्यालय, मकवानपुरले गायकको खोजी गर्न टोली खटाइसकेको छ । उनको खोजी गर्न जिल्लाबाट इन्स्पेक्टरको टोली खटिएको डिएसपी इन्द्रबहादुर राणाले जानकारी दिए । प्ररम्भिक अनुसन्धानका क्रममा प्रहरीले उनको नाम गेल्जङ दोर्जे तामाङ भएको बताए पनि वास्तविक नाम भने पुष्टि भइसकेको छैन । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु पाईंदैन र कसैले अपमान गरेको पाइएमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ ।
Categorized in राष्ट्रिय