STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रु एक लाखबाट कुलो पुनः सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

कनकासुन्दरी गाउँपालिका ४,५,६, वडाका पाँच हजार मुरी धान खेतीमा प्रयोग हुने पानी कुलो बन्द भएकामा ढडारो मस्टोका धामी मुक्तिप्रसाद उपाध्यायले रु एक लाख सहयोग गरेपछि पुनः सञ्चालनमा आएको छ । स्थानीय सरकार र त्यहाँका अगुवाले मार्सी धान रोप्ने याम जाने बेलासम्म पनि कुलो नबनाउँदा आफूलाई असह्य भएकाले आर्थिक सहयोग गरी कुलो सञ्चालनमा ल्याइएको समाजसेवी पनि रहनुभएका उपाध्यायले बताउनुभयो । सिञ्जाकै अन्तिम राजा सोनम शाहीका नामबाट चिनिने सो कुलो चलेपछि स्थानीय महिला एवं कृषक खुशी छन् । यसैबीच कनकासुन्दरी ३ मा बुडुमस्टोको मन्दिर शिलान्यास गरिएको छ । वडाध्यक्ष मुनवीर बुढा र बुडुमस्टोका मूल धामी चुथे बुढाको रोहवरमा मन्दिरको शिलान्यास गरिएको स्थानीयवासी कालीबहादुर बुढाले जानकारी दिनुभयो । मन्दिर निमार्णका लागि कर्णाली प्रदेश सरकारले रु ५० लाख सहयोग गरेको बताइएको छ । पुरानो मन्दिर नवनिर्माणका लागि स्थानीयवासीले पहल गरेका हुन् ।
Categorized in राष्ट्रिय