STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लकडाउन पालना गराउन स्थानीयको बैठक

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ८, सोमबार

राजीव राजोपाध्याय

काठमाडौं– काठमाडौं महानगरपालिका २७ र १८ वडाका स्थानीयबीच सोमबार साँझ इतुंबहालमा सामाजिक दूरी कायम गरी एक बैठक बसेको छ । कामपा २५, २७, १८ र २४ वडाका वडाध्यक्षहरु तथा जनसेवा प्रहरी वृतका सुरक्षा निकायको उपस्थिति रहेको बैठकमा आफ्नो टोलमा लकडाउनको पूर्ण पालनाको निम्ति अभियान सञ्चालन गर्ने र तरकारी पसललाई तोकिएको समयमा मात्र व्यवस्थित रुपमा खोल्न दिने विषयमा छलफल भएको थियो । टोलमा मानिसहरुको जम्मा भइरहेको र जुनसुकै समय पनि तरकारी बजार खुल्ला हुने भएकोले कोरोना संक्रमणको डर रहेको र यसले स्थानीयबासी असुरक्षित बनिरहेको महसुस गरी उक्त बैठक बसेको थियो ।
Categorized in उपत्यका