ललितपुर महानगरपालिकामा काँग्रेसको अग्रता
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३१, शनिबार
काठमाडौँ - ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ। काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका हुन् ।
यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।


