STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाखौंको धनमाल चारी

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३, शनिबार

काठमाडौं – राजधानीको तीनथाना बस्ने राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्नको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरिएको छ । पक्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला तामाङ र कविता मगर रहेका छन् । पक्राउ परेकामध्ये अञ्जना मगर, अभिषेक महर्जन र कविता मगरलाई चन्द्रागिरि नगरपालिका–१५ तिनथानाबाट, विमला तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीको समन्वयमा धादिङ किरानचोकबाट तथा सौरभ महर्जन र आकाश मगरलाई कीर्तिपुर नगरपालिका–३ चिहानघाटबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना